उपत्यकामा स्थानीय तहसँग समन्वय गरेर शैक्षिक संस्था संचालन गर्न पाउने (निर्णयसहित)

लोकपथ
224
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा भदौ मसान्तसम्म निषेधाज्ञा थप गरिएको छ ।

आज बसेको काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केहि खुकुलो बनाउँदै निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञाको मापदण्ड केही खुकुलो बनाइए पनि शैक्षिक संस्थाहरुले भौतिक पठनपाठन गर्न गराउन नपाउने बताइएको छ । यदि सञ्चालन गर्नुपर्ने अवस्थामा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको भित्र रही स्थानीय तहहरुको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरि विद्यालयहरु सञ्चालन गर्न पाउने बताइएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सो बारेमा जानकारी दिँदै जारी विज्ञप्तिमा भनिएको छ(‘शैक्षिक संस्थाहरु (विद्यालय) ले भौतिक उपस्थितिमा पठन पाठन गर्न गराउन नपाउने । गर्नुपर्ने भएमा नेपाल सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चालनको निर्णय गर्न सक्ने’।

त्यसैगरी अनाश्यक रुपमा हुने गरेको भीडभाड, सभा जुलुस, जात्रा महोत्सव भोज आदी गर्न गराउन नपाउने निर्णय जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा कोरोना संक्रमणको जोखिम बढेसँगै गत वैशाख १६ गतेबाट जारी निषेधाज्ञा आज रातीबाट सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?