काठमाडौं। “के तपाई रातको समयमा तिब्रगतिमा सवारी चलाउनुहुन्छ ? होसियार ! ट्राफिक प्रहरीको कारबाहीमा परिएला है ।
‘महानगरीय ट्राफिक प्रहरी महाशाखाले रातको समयमा तिब्रगतिका कारणले हुने सडक दुर्घटना न्यूनिकरण गर्न ‘नाइट भिजन लेजर स्पीड गर्न’ सहितको चेकिङ्ग सुरु गरेको छ ।
विशेषगरि कोटेश्वर(सुर्यविनायक सडक, रिङ्गरोड र चौडा सडकहरुमा तिव्रगतिमा सवारी चलाई दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले दिनको समयमा लेजर गनको प्रयोग गरि तिब्रगति नियन्त्रणको अभियान सुरु गर्दै आएको छ ।
‘दैनिक रुपमा दिउँसो हुने चेकिङ्गमा तिब्रगतिमा सवारी चलाउने ३५र४० जना चालकहरुलाई लेजर गन मार्फत कारबाही गर्दै आएका छौ, अब भने रातको समयमा समेत ओभरस्पिड चेकिङ्ग गरि गति नियन्त्रण गर्ने अभियान पहिलो पटक शुरु गरेका छौ ।’ महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले भने ।
तिव्रगतिमा सवारी चलाउने चालकहरुलाई कारबाहीको साथै सचेत गराएको महाशाखा प्रमुख एसएसपी भट्टराईले जानकारी दिए।
उनले आज रातीदेखी नाइट भिजन लेजर स्पीड गनको प्रयोग शुरु गरेको र यसले तिव्रगति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्युनिकरणमा उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

स्पीड गर्न प्रयोगमा ल्याएकै दिन सातदोबाटो ग्वार्को क्षेत्रमा ओभर स्पीडमा सवारी चलाउने धेरै सवारी चालकहरुलाई नियन्त्रणमा लिई सचेत गराएको र नाईट स्पीड चेकिङ्गलाई कडाईका साथ लगिने समेत महाशाखाले जानकारी दिएको छ ।
तिब्रगतिमा सवारी साधन चलाउँदा आफुलाई मात्र नभइ अन्य सडक प्रयोगकर्तालाई समेत जोखिम हुने र दुर्घटनाको सम्भावना अत्याधिक हुने भएकोले तिव्रगति र लापरबाहीका साथ सवारी नचलाउन सम्पुर्ण सवारी चालकहरुलाई ट्राफिक प्रहरी महाशाखाले बिशेष अनुरोध समेत गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया