मोरङमा टिप्परले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

लोकपथ
105
Shares

मोरङ । मोरङमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।पूर्वबाट पश्चिम जाँदै गरेको को१ख६५०३ नम्बरको टिपरले सुन्दरहरैचा-७ गोठगाँउमा प्रदेश१-०२०४१प९१२५ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक पथरी शनिश्चरे नगरपालिका-२ का ४१ वर्षीय वीरेन्द्र लिम्बुको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । दुर्घटनामा घाइते उनलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगे पनि त्यहाँ मृत्यु भएको हो ।

टिपर चालक प्रहरी नियन्त्रणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?