बच्चाको मुखमा के छ ?

काठमाडौँ — सुर्खेत तरङ्गाका ६ वर्षीय याकुप नेपाली डटपेनको बिर्को मुखमा हालेर खेलिरहेका थिए । सासभित्र तान्दा बिर्को सिधै फोक्सोमा पुग्यो ।स्थानीय, जिल्ला र अञ्चल अस्पताल हुँदै वीर र कान्ति अस्पतालमा समेत उपचार हुन नसकेपछि उनलाई महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइयो । अहिले उनको त्यहीं उपचार भइरहेको छ ।यस्तो प्रकृतिको घटनाका कारण पछिल्लो एक महिनायता मात्र शिक्षण अस्पताल महाराजगन्जमा उपचार गर्न तीन जनालाई ल्याइयो । तर बेलैमा अस्पताल नल्याउँदा र चिकित्सकले रोग पहिचान गर्न नसक्दा मृत्यु भएका घटना पनि उत्तिकै छन् । शिक्षण अस्पताल आएका तीनै जनाको भने शल्यक्रिया सफल भएको नाक, कान, घाँटी विशेषज्ञ डा. रवीन्द्र प्रधानांगले बताए, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?