नागढुङ्गा-नौबिसे सडकखण्ड सञ्चालनमा

RSS
63
Shares

काठमाडौं । अविरल वर्षापछि खसेको पहिरोका कारण अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्गस्थित चिसापानी धारानजिक पहिरो जाँदा आज बिहान ५ः३० देखि अवरुद्ध नागढुङ्गा–नौबिसे सडकखण्ड केही बेर अगाडिदेखि सञ्चालनमा आएको हो ।

पहिराले अवरुद्ध सडक दुईवटा स्काभेटरको सहायताले ६ घण्टापछि सञ्चालनमा ल्याइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक मोहन खाँणले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो झरेपछि राजधानीबाट नागढुङ्गा नाका हुँदै बाहिरिने र उपत्यका भित्रिने सवारीसाधन लामबद्धमा परेका छन् । पहिराका कारण काठमाडौंतर्फ थानकोट र धादिङतर्फ खानीखोलासम्म सवारी जाम परेको थियो । सुरुङमार्ग निर्माण भइरहेको सिस्नेखोला नजिकैै पनि राजमार्ग फराकिलो पार्ने क्रममा सडकमा पहिरो खस्दा पटकपटक राजमार्ग अवरुद्ध हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?