मेलम्ची – हेलम्बु सडक निर्माण अनिश्चित

लोकपथ
210
Shares
{“caption”:”u0938u093fu0928u094du0927u0941u092au093eu0932u094du091au094bu0915u0915u094b u092du094bu091fu0947u0915u094bu0938u0940 u0917u093eu0909u0901u092au093eu0932u093fu0915u093eu092cu093eu091f u091au0940u0928 u091cu094bu0921u094du0928u0947 u0924u093eu0924u094bu092au093eu0928u0940 u0928u093eu0915u093e u0915u094du0937u0947u0924u094du0930u0915u094b u092du093eu0938u093fu090fu0915u094b u0938u0921u0915 u0964 u0905u0935u093fu0930u0932 u0935u0930u094du0937u093eu0915u093e u0915u093eu0930u0923 u0938u0921u0915 u0930 u092au0941u0932 u092du093eu0938u093fu090fu092au091bu093f u092du094bu091fu0947u0915u094bu0938u0940u2013u0968 u0924u093eu0924u094bu092au093eu0928u0940 u0928u093eu0915u093e u0936u0928u093fu092cu093eu0930 u092cu093fu0939u093eu0928u0948u092cu093eu091f u0920u092au094du092a u092du090fu0915u094b u091b u0964 u0924u0938u094du092cu093fu0930 u0938u094cu091cu0928u094du092f : u092du094bu091fu0947u0915u094bu0938u0940 u0917u093eu0909u0901u092au093eu0932u093fu0915u093e”,”photographer”:””,”alt_text”:””}

सिन्धुपाल्चोक । मेलम्ची खोलामा आएको बाढीले निरन्तर कटान गरेपछि मेलम्ची हेलम्बु सडक निर्माण अनिश्चित बनेको छ ।

गत असार १ गतेपछि आएको बाढीले भत्काएको सडक पटक पटक बनाएर यातायात सञ्चालन गरे पनि निरन्तरको बाढी र कटानले गर्दा सडक पुनः अवरुद्ध भएको छ । सडक सञ्जाल नहुँदा मेलम्चीदेखि माथिल्लो भेगका नागरिकले सास्ती भोग्न परेको छ । सडक नहुँदा पुल निमार्णको काममा समेत बाधा पुगेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए । “लगभग यतिबेला पुल निर्माणको काम सकिनै लाग्थ्यो बाटो नभएर सामान ल्याउनै पाइएन समस्या भयो”, उनले भने ।

आगामी दशैँसम्ममा अस्थायी आवास निर्माणको काम सक्ने र प्रभावितलाई स्थानान्तरण गर्ने गाउँपालिकाका योजनामा समेत अहिलेको बाढीले प्रभाव पारेको छ । निरन्तरको वर्षाका कारण अहिले पनि मेलम्ची खोलामा बाढी आउँदा हेलम्बुदेखि सिपाघाटसम्मका नदी किनारका बस्ती जोखिममा परेका छन् ।

आइतवारमात्रै पनि मेलम्ची नगरपालिका–६ तालामाराङ बजार नजिकैको एक घर बाढीले क्षति पु¥याएको थियो । बाढीले वितण्डा मच्चाएको हेलम्बु मेलम्चीमा अहिले पनि जोखिम कायमै रहेको छ । नगर प्रमुख डम्बर अर्यालले नदी किनारको बस्तीमा बसोबास गर्नेलाई सुरक्षित स्थानमा बस्न र सतर्कता अपनाउन आग्रह गरिएको बताए । “नदी नियन्त्रण र नदीले अवरुद्ध बनाएको सडक खुलाउन हामीले सम्पूर्ण संयन्त्र परिचालन गरेका छौँ, करोडौँ रुपैयाँ लगानी भइसक्यो तर पनि हाम्रो लगानी र हाम्रो मिहेनत बालुवामा पानीजस्तै भएको छ”, उनले भने ।

गत शुुक्रवारदेखिको लगातारको वर्षाले हेलम्बुको तिम्बुदेखि मेलम्ची–११ को बजारसम्म खोला वारिपारि रहेका घर, टहरा, पुल, खेत तीन विद्यालय जोखिममा छन् । अहिले खेतीयोग्य सयौँ रोपनी बाढीले कटान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार आज बिहानसम्म जिल्लामा यस वर्ष २७२ पक्की घर, १८५ कच्ची घर, ६६ गोठ टहरा, अन्य ५२, पक्की सात झोलुङगे पुल १५ क्षति भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?