हेर्नुहोस् टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
42
Shares

१. १० हजार २ सय ९७ परीक्षणमा १ हजार ३ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार २ सय ६० जना संक्रमणमुक्त, २४ जनाको मृत्यु, सक्रिय सक्रमितको संख्या ३५ हजार ७ सय ९६

२. नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको नेतामा अध्यक्ष नेता नेपाल चयन, राष्ट्रियसभाको संसदीय दलको नेतामा वेदुराम भुसाल नियुक्त, पदाधिकारीहरू पछि छानिने

३. मन्त्रीमण्डल विस्तारबारे छलफलमा जुटे सत्ता गठबन्धनका शीर्ष नेताहरू, नेकपा एकीकृत समाजवादीमा मन्त्रीका आकांक्षी धेरै, कांग्रेस आफ्नै किचलोमा, माओवादीको पनि ताल उस्तै, जसपाले बनायो मन्त्रीको लिस्ट

४. दिगो विकास लक्ष्यलाई प्राथमिकता दिएर काम गर्न संसदीय समितिको निर्देशन, राष्ट्रिय गौरवका आयोजनाको हरेक ६ महिनामा अनुगमन गर्न सुझाव

५. सडकमाथिबाट आएको लेदोसहितको पहिरोका कारण नागढुङ्गा–नौबिसे सडकखण्ड अवरुद्ध, निरन्तर वर्षाका कारण हेटौँडा काठमाडौं सडक फेरि अवरुद्ध हुँदा यात्रु मर्कामा

६. अझै केही दिन निरन्तर वर्षा हुने भएकोले सावधानी अपनाउन अनुरोध, प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा भारी वर्षा हुने, बाढी पहिरोबाट जेठ ३१ यता ८५ को मृत्यु, ४४ वेपत्ता, सप्तकोशीमा पानीको बहाब यस वर्षकै उच्च

७. आफ्नै घरमा मृत फेला परेकी खोटाङ हलेसी तुवाचुङ नगरपालिका–९ की २१ वर्षीया शिक्षा राई घटनामा प्रहरीद्वारा ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार, हत्या भएको पीडित पक्षको जिकिर

८. सरकारी बेवास्ताले हुन थाल्यो चिनीको अभाव, एक दिनका लागि पनि छैन स्टक, चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुहरूको अभाव चुलियो, बेखबर नियामक निकाय

९. सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका व्यक्तिको अवस्था छिटो सार्वजनिक गर्न बेपत्ता परिवारका सदस्यको माग, जीवित वा मृत कुन अवस्थामा छन् भन्ने जानकारी नहुँदा परिवारलाई थप पीडा भइरहेको गुनासो

१०. घरायसी विवाद हुँदा दाङमा एक महिलाद्वारा आफ्नै श्रीमान्को हत्या, हँसिया प्रहार गरी श्रीमान्को हत्या गर्ने श्रीमती पक्राउ

११. साताको पहिलो कारोबार दिन सेयर बजारमा पहिरो, १५ अर्बको किनबेच, ४९.१८ अंकले घट्यो नेप्से फाइनान्सबाहेक सबै उपसमूहको परिसूचक घट्यो

१२. कोभिडविरुद्ध पूर्ण खोप लगाएका सबै पर्यटकका लागि भिसा जारी गर्ने यूएईको घोषणा, थला परेको अर्थतन्त्र उकास्न व्यापार प्रदर्शनी २०२० आयोजना गरिँदै

१३. नेटो सैनिकको अन्तिम उद्धार उडानसँगै काबुल विमानस्थल तालिबानले बन्द गर्ने, आगामी ३६ घण्टामा अर्को आतंककारी हमलाको सम्भावना रहेको अमेरिकी अधिकारीको चेतावनी

१४. अघिल्लो वर्ष तालिबानका प्रमुखसँग आफ्नो कुरा भएको अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको खुलासा, अमेरिकालाई हानि पुर्‍याएमा तालिबानलाई विश्व इतिहासमा कहिल्यै नभएको चोट दिने चेतावनी दिएको दाबी

१५. फ्रान्स लिग वानअन्तर्गतको खेलमा आज पीएसजी र रेइम्स आमसेसामने हुँदै, मेस्सीले डेब्यू गर्ने सम्भावना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?