काठमाडौं । ९ करोड बराबरको लागूऔषध कोकिनसहित तीन जना विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले २ किलो ९ सय ६६ ग्राम कोकिनसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुलाई लागू औषध नियन्त्रण ब्यूरोले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा एक अफ्रिकन महिला, एक भारतीय र तान्जानियाका पुरुषहरु रहेका छन् । भदौ ३ गते कतार एयरवेजबाट काठमाडौं आएकी ३० वर्षीया अफ्रिकन नागरिक श्रि गामाले नेपालमा कोकिन ल्याएको प्रहरीले जनाएको छ ।
प्रहरीमा अनुसार उक्त लागूऔषध लिनका लागि काठमाडौं आएका एक भारतीय नागरिक समेत पक्राउ परेका छन् ।
त्यसैगरी सोही घटनामा मुछिएका अर्का तान्जाजानीयाको नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले तान्जानीयाका नागरिक गेरट्रुड लियोनार्द किमारोलाई भारततर्फ भाग्दै गरेको अवस्थामा सिन्धुलीबाट पक्राउ गरेको हो ।
उक्त प्रकरणमा संलग्न तीनै व्यक्ति उपर १५ देखि जन्म कैद र २५ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ । प्रहरीका अनुसार तीनै जना उपर काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी थप अनुन्धान भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया