बलात्कारपछि हत्या गरिएकी भट्टको परिवारलाई आर्थिक सहयोग प्रदान

लोकपथ
105
Shares

कैलाली । गत वर्ष बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको परिवारलाई आज आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपलिज एसाेसिएसन अफ भिक्टोरिया (न्याभ) र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न (अष्ट्रेलिया)द्वारा उपलब्ध गराइएको दुई लाख ७० हजार ८४० रुपैयाँ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदान गरे । विकासमा सिर्जनशीलता नेपालको नामक संस्थाको सहकार्य र समन्वयमा उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

नेपालिज एसाेसिएसन अफ भिक्टोरिया (न्याभ) अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका नेपालीहरुको सबैभन्दा पुरानो सामाजिक संस्था हो । यससंस्थाले नेपाली समुदायका लागि आर्थिक, सामाजिक, सांस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै कोरोना भाइरसका कारणले विपत्मा परेका नेपाली र अन्य बहुसांस्कृतिक सामुदायका मानिसलाई सहयोग पुर्‍याउँदै आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?