हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
56
Shares

१. शनिवार नेपालमा कोरोनाका १८५७ जना नयाँ संक्रमित थपिए, २२ सय २२ जना संक्रमणमुक्त,पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु ।

२. प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आज भेटवार्ता,भेटवार्तामा दुबै नेताबीच मन्त्रिपरिषद विस्तारका बिषयमा छलफल ।

३. माधव नेपालले पार्टी छोड्दैमा एमालेलाई केही फरक नपर्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी, नेपालले विदेशीको दलाली गरेर एमाले विभाजन गरेको आरोप ।

४. महाधिवेशनका लागि एकजुट भएर लाग्ने कांग्रेस संस्थापन इतरका नेताको निर्णय, महाधिवेशनको वातावरण बनेकाले सबै नेता कार्यकर्तालाई एकजुट भएर अघि बढ्न आग्रह ।

५.केपी शर्मा ओली प्रतिगमनका नाइके भएको माओवादी अध्यक्ष पुष्पकमल दाहालको टिप्पणी, बर्तमान पाँच दलीय गठबन्धन सरकारलाई जोगाउन लागिपर्नुपर्ने दाहालको भनाई ।

६.नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालद्वारा आफ्नो साथ छोडेका एमालेका दोस्रो पुस्ताका नेतालाई पार्टीमा आउन आग्रह,दोस्रो पुस्तालाई नेतृत्व हसतान्तरण गर्न अध्यक्ष नेपाल तयार ।

७. अविरल वर्षाका कारण रुपन्देहीका उद्योगहरुमा बाढी पस्दा करोडौंको क्षति,पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित विद्युत प्राधिकरणको शवस्टेसनमा बाढीले क्षति पुगेपछि विद्युत आपुर्तिमा समस्या ।

८. नेकपा एमाले विभाजित भएसँगै बागमती र प्रदेश १ का मुख्यमन्त्री अल्पमतमा,सरकारले पूर्णता नपाउँदै दुबै प्रदेश सरकार ढल्न सक्ने जोखिममा ।

९.मनसुनी वायूको प्रभावले देशका विभिन्न भागमा पानी पर्ने संभावना,बाढी पहिरो र डुवानको जोखिम रहेको भन्दै सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह ।

१०.यहि भदौ २२ गते काठमाडौंको गोकर्णमा लाग्ने कुशे औंशी मेला स्थगित, कोरोना जोखिम बढेको भन्दै यो वर्ष मेला नगरिने ।

११. कञ्चनपुरको महाकाली नदी किनारमा टिकटक बनाउनेको भीड,बीच सडकमै टिक टक बनाउन थालेपछि दुर्घटनाको जोखिम बढ्यो ।

१२. बैज्ञानिकहरुद्वारा पृथ्वीको सबैभन्दा उत्तरमा रहेको टापु पत्ता लगाएको दाबी,नयाँ टापु पृथ्वीको उत्तरी ध्रुबको सबैभन्दा नजिक ।

१३.अमेरिकाद्वारा अफगानिस्तानको नान्गाहार प्रान्तमा इस्लामिक स्टेटका लडाकुलाई लक्षित गरेर हवाई आक्रमण, आक्रमणमा इस्लामिक स्टेटका एक योजनाकारको मृत्यु ।

१४.उज्ज्वल भविष्यको खोजीमा जर्मनी पुगेका अफगानिस्तानका पूर्व संचारमन्त्री सैयद सादात लेइपजिग शहरमा फूड डेलिभरी गर्दै, काम गर्न कुनै लाज नभएको सैयदको भनाई ।

१५.ईग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुललाई चेल्सीको चुनौती,घरेलु मैदानमा चेल्सीलाई हराएर खेल जित्ने लक्ष्यमा लिभरपुल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?