कति जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित ?

लोकपथ
518
Shares

काठमाडौं । देशभर हाल २० वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँचवटा प्रदेशका २० जिल्लामा कोरोनाका पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

प्रदेश १ को ३, बागमतीको ८, गण्डकीको ६, लुम्बिनीको २ र कर्णालीको एक वटा जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित छन्।

प्रदेश १ को मोरङ, सुनसरी र झापा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र नुवाकोट, गण्डकी प्रदेशको नवलपरासी पूर्व, कास्की, बागलुङ, गोरखा, स्याङजा र तनहुँ, लुम्बिनीको दाङ र रुपन्देही, कर्णालीको सुर्खेतमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?