अफगानिस्तान । अमेरिकाले आफ्ना नागरिकहरुलाई काबुल विमानस्थलबाट तुरुन्त हट्न निर्देशन दिएको छ । काबुल विमानस्थलमा फेरि अर्को आतंककारी हमला हुनसक्ने भएकाले अमेरिकाले आफ्ना नागरिकहरुलाई विमानस्थलबाट हट्न निर्देशन दिएको हो ।
अमेरिकी दूतावासका तर्फबाट जारी गरिएको अलर्टमा विमानस्थलको अब्बे गेट, पूर्वी गेट र उत्तरी गेटबारे उल्लेख गरिएको छ ।
अमेरिकी सैनिकले काबुल छोड्नुभन्दा पहिले आतंककारी हमला हुनसक्ने भन्दै अमेरिकी राष्ट्रपति जोड बाइडेनले राष्ट्रिय सुरक्षा टिमलाई सतर्क रहन चेतावनी दिएका छन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीका अनुसार काबुल विमानस्थलमा सुरक्षाको हर सम्भव व्यवस्था मिलाइँदैछ ।
यसअघि बिहीबार काबुल विमानस्थलमा हमला भएको थियो, हमलामा मर्नेको संख्या १ सय ७० पुगेको छ । त्यसैगरी १२ सय ७६ जना घाइते छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया