काबुल एयरपोर्टमा भएको विस्फोटका सम्बन्धमा बोल्यो चीन

लोकपथ
1.2k
Shares

अफगानिस्तान । तालिबानलाई साथ दिएको चीनले अफगानिस्तानको काबुल एयरपोर्टमा भएको विस्फोटका सम्बन्धमा मुख खोलेको छ ।

चीनले काबुल एयरपोर्ट बाहिर भएको बम आक्रमणको निन्दा गरेको छ ।

नियमति पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियनले सो घटनाको निन्दा गरेका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता चाओले यो घटनाले अफगानिस्तानको सुरक्षास्थिति कस्तो छ भनेर देखाएको बताए । पत्रकार सम्मेलनमा एक पत्रकारले उक्त घटनाबारे चीनको प्रतिक्रिया मागेका थिए ।

बिहीबार अफगानिस्तानको काबुल अन्तर्राष्ट्रिय बिमानस्थल बाहिर भएको बम आक्रमणमा १३ अमेरिकी सैनिकसहित १७० जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?