राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका प्रमुखलाई अनेरास्ववियुले दल्यो कालोमोसो

लोकपथ
105
Shares

तुलसीपुर । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरीटेन्डेन्ट डा. विनोद सिंहलाई केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेको युवाको एक समूहले कालोमोसो दलेको छ ।

एमाले निकट भातृसंगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३/४ जनाको समूहले पौने २ बजे मेसुको कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका सुरेश काफलेले जानकारी दिए ।

अस्पतालका प्रमुख सिंहसँग चेकजाच गर्नुपर्ने विषयमा विवाद गरेर परियारको समुहले उनलाई कालोमोसो दल्नुका साथै दुर्व्यवहार गरेको एसपी काफ्लेले बताए ।

अस्पतालमा नहुने चेकजाँच बाहिर गर्न आग्रह गर्दा उनीहरुले अस्पतालभित्र नै सो समूहले कालोमोसो दलेको भन्दै एसपी काफ्लेले घटनामा संलग्नहरुको पहिचान भइसकेको र तत्काल पक्राउ गर्न निर्देशन मातहतका प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए ।

घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको र अभद्र ब्यबहारमा मुद्दा दर्ता गरेर कारबाही गरिने एसपी काफ्लेले बताए । इलाका प्रहरी कार्यालय तुलसीपुरमा सर्जन परियार, दिवस क्षेत्री र गणेस खड्काका विरुद्धमा उजुरी परेको डीएसपी श्यामु अर्यालले बताए ।

टाइडफाइड भएको बिरामीको कल्चर चेकको व्यवस्था नभएको बताएपछि डा सिंहलाई कार्यकक्षमै पुगेर मोसो दलेको डीएसपी अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?