‘देउवाकै कारण क्रियाशील सदस्यताको विवाद देखिएको हो’

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाकै कारण पार्टीको क्रियाशील सदस्यता वितरण विधिविधान अनुरुप वितरण हुन नसकेको आरोप लगाएका छन्।

प्रथम महिला नेतृ मंगलादेवी सिंहको २५ औं स्मृति दिवसको उपलक्ष्यमा नेपाल महिला संघ काठमाडौं जिल्लाले शोभाभगवतिमा आयोजना गरेको मल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले सो कुरा बताएका हुन् ।

कार्यक्रममा बोल्दै नेता सिंहले क्रियाशील सदस्यता विवादको मुख्य कारण पार्टी सभापति नै भएको जिकिर गरे। क्रियाशिल विवादलाई पार्टी सभापतिले जतिसक्दो छिटो प्रक्रिया अनुसार टुङ्ग्याउनुपर्ने उनको भनाई छ ।

‘क्रियाशिल सदस्यता वितरणमा व्यापक धादली भएको छ । फाईनल लिस्टलाई तत्काल सार्वजनिक गर्नु पर्दछ ।’ उनले भने ‘‘विधि प्रत्रिया अनुसार महाधिवेशन गर्नु पर्छ । पारदर्शी तरिकाले पाटीलाई अगाडी बढाउनु पर्दछ ।’

साथै उनले कांग्रेस तानाशाहलाई ढालेर आएको पार्टी भएको स्मरण गराउँदै पार्टीभित्र कोही तानाशाह बन्न खोजे विधि विधानअनुरुप तह लगाउनेसमेत चेतावनी दिए।

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने भन्दै बुधबारबाट जिल्ला सभापतिहरुलेसमेत अनसन थाल्दा पनि पार्टी नेतृत्वले ध्यान दिन नसकेको उनले बताए। कार्यक्रम मा नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति सबुज बानियाँ, पूर्व मन्त्री राजेन्द्र कुमार केसी लगायत नेता कार्यकर्ता को सभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?