झलनाथको हस्ताक्षर सनाखतलाई दियो आयोगले मान्यता

लोकपथ
273
Shares

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि पूर्व प्रधानमन्त्री झलनाथ खनालको हस्ताक्षर सनाखत भएको छ ।

बुधबार भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासमार्फत खनालको हस्ताक्षर सनाखत गरिएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेकपा एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी दर्ता गर्न दिएको निवेदनमा आयोगले बुधबार केन्द्रीय सदस्य र सांसदहरुलाई सनाखत गर्न बोलाएको थियो । तर खनाल भने स्वास्थ्य उपचारका लागि दिल्लीमा रहेका छन् । जसका कारण उनी हस्ताक्षर सनाखतका लागि आयोगमा उपस्थित हुन सक्ने अवस्था थिएन ।

आयोगले एकिकृत समाजवादीलाई बिहिबार नयाँ दलको प्रमाणपत्र दिने बताइएको छ । त्यसैगरी जनता समाजवादी पार्टी फुटेर महन्थ ठाकुरको अध्यक्षतामा गठित लोकतान्त्रिक समाजवादी पार्टीले पनि बिहिबार नै नयाँ दलको प्रमाणपत्र पाउनेछ । यही भदौ १ गते सरकारले दल विभाजन अध्यादेश ल्याएपछि एमाले र जसपा फुटेका हुन् ।

नेकपा एकिकृत समाजवादीको नेतृत्व माधव कुमार नेपालले गर्नेछन् । नेपाल र ठाकुरले नयाँ दल दर्ताका लागि भदौ २ गते आयोगमा निवेदन दिएका थिए । निवेदनमा हस्ताक्षर गर्नेहरुको आयोगले आज सनाखत गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?