उपेन्द्र यादवले लगाए ओलीमाथि गम्भीर आरोप

लोकपथ
476
Shares

विराटनगर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रघाती भएको आरोप लगाएका छन् ।

जसपाको सातवटै प्रदेशमा आह्वान गरिएको प्रदेश स्तरीय पार्टी सुदृढीकरण एवम् जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले ओली राष्ट्रघाती भएको बताए ।

‘ओली राष्ट्रवादी होइनन्, नक्कली राष्ट्रबादीको खोल ओडेर जनतालाई झुक्याएर, भ्रममा पारेको अहिले देखा परिरहेको छ,’ यादवले भने, ‘केपी जतिको राष्ट्रघाती कोही पनि देखिन ।’

त्यस्तै अध्यक्ष यादवले निर्वाचन आयोगले दिएको आधिकारिताको हिसाबले जसपा फुटेको नभई प्रतिगमनका केही मतियारहरू भागेको टिप्पणी गर्दै युद्ध र अभियानमा हिँड्दा केही कमजोरहरू बाटोमै छोडिएका बताए ।

“८० प्रतिशत केन्द्रीय सदस्य जसपाको बैठकमा सहभागी छन् । रुखको बोक्रा सुकेर उप्किएको मात्रै हो । पार्टी फुटेको छैन,” यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?