जसपा फुटेको छैन, ओली प्रतिगमनका केही मतियार छुट्टिएका मात्रै हुन् : उपेन्द्र यादव

लोकपथ
238
Shares
Upendra Yadav

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्रको रक्षाको लागि गठबन्धनले सार्वजनिक गरेको न्यूनतम साझा कार्यक्रमको आधारमा जसपा चाँडै सरकारमा जाने बताएका छन् ।

जसपाको सातवटै प्रदेशमा आह्वान गरिएको प्रदेश स्तरीय पार्टी सुदृढीकरण एवम् जनजागरण अभियान अन्तर्गत बुधबार विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले भने, “संघीय गणतन्त्र, सामाजिक न्याय, जनताको आधारभूत आवश्यकता, न्यूनतम साझा कार्यक्रम र जसपाको एजेन्डालाई मुख्य आधार बनाएर आगामी हप्ताभित्रै सरकारमा सहभागी हुन्छौँ ।”

यादवले निर्वाचन आयोगले दिएको आधिकारिताको हिसाबले जसपा फुटेको नभई प्रतिगमनका केही मतियारहरू भागेको टिप्पणी गर्दै युद्ध र अभियानमा हिँड्दा केही कमजोरहरू बाटोमै छोडिएका बताए ।

“८० प्रतिशत केन्द्रीय सदस्य जसपाको बैठकमा सहभागी छन् । रुखको बोक्रा सुकेर उप्किएको मात्रै हो । पार्टी फुटेको छैन,” यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?