काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् ।
वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले नामावल सार्वजनिक गर्न ढिलाइ गर्न नहुने बताए ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा क्रियाशील सदस्यहरुको नामावली सार्वजनिक गर्नुपर्ने मुख्य माग राख्दै पार्टीका जिल्ला सभापतिहरुले धर्ना दिइरहेका छन् ।
सोही धर्ना कार्यक्रममा ऐक्यवद्धता जनाउन बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका वरिष्ठ नेता पौडेलले युद्धस्तरमा काम गरेर भए पनि पार्टीको क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न सभापति देउवासँग माग गरे ।
उनले पार्टीमा वैधानिक संकट आउन नदिन आगामी भदौं १८ गते वडा अधिवेशन सम्पन्न हुने गरी युद्धस्तरमा काम अगाडि बढाउन पनि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने दोेहो¥याए ।
वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशन समयमै सम्पन्न गर्न आफूले प्रयास गरिरहे पनि पार्टी नेतृत्वले सुनुवाइ नगरेको गुनासो पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया