पत्रकार सम्मेलनमै ओलीले दिए प्रचण्डलाई चेतावनी

लोकपथ
224
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पत्रकार सम्मेलनमै चेतावनी दिएका छन् ।

बुधबार ललितपुरको च्यासलमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले देश जोगाउनका लागि अध्यादेश ल्याएको भनेर अध्यक्ष प्रचण्डले झुट बोलेको दाबी गरे। उनले अध्यक्ष प्रचण्डलाई देशका अगाडि बेइमानी कुरा नगर्न पनि चेतावनी दिए ।

त्यस्तै उनले आफूले पहिला जारी गरेको अध्यादेश र अहिले सरकारले जारी गरेको अध्यादेशको उद्देश्य र मनसाय नै फरक रहेको दाबी गरे ।

अध्यक्ष ओलीले वर्तमान सरकारले कामै नगर्ने दाबी समेत गरे । आफ्नो नेतृत्वको सरकारलाई कामै गर्न नदिएको बताउँदै उनले वर्तमान सरकार विकास निर्माणको काम ठप्प पारेको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?