निर्वाचन आयोगले चार जनालाई सनाखत गर्न नदिएपछि विवाद

लोकपथ
5.5k
Shares

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गर्न पुगेका चार जनालाई सनाखत प्रक्रियामा निर्वाचन आयोगले सहभागी हुन नदिएपछि विवाद सुरु भएको छ ।

पार्टी दर्ताका लागि पेस गरेको निवेदनमा नाम र हस्ताक्षर नभएको भन्दै आयोगले शारदा भट्ट, माया ज्ञवाली र सोमप्रसाद पाण्डेलगायत चार जनालाई सनाखत प्रक्रियामा सहभागी हुन नदिएपछि विवाद सुरु भएको हो ।

स्रोतका अनुसार पछि थपिएका ४ सांसदबारे कुरा नमिलेपछि प्रमुख निर्वाचन आयुक्त, आयुक्त र अध्यक्ष नेपाल, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्रीबीच छलफल भइरहेको छ ।

नेकपा एकीकृत समाजवादीको पक्षमा अहिलेसम्म ३० सांसद र ५४ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेका छन्। अध्यक्ष  नेपालसहितका नेताहरुले बुधबार आयोगको कार्यालयमै पुगेर सनाखत गरेका हुन्। वरिष्ठ नेता झलनाथ खनालले भने दिल्लीबाटै भर्चुअल माध्यमबाट सनाखत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?