दूतावासमार्फत झलनाथ खनालले गरे नेकपा (एकीकृत समाजवादी) को पक्षमा सनाखत

लोकपथ
147
Shares

काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले पनि नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गरेका छन् ।

दिल्लीस्थित रहेको नेपाली राजदूतावासमार्फत नेता खनालले निर्वाचन आयोगलाई आफ्नो सनाखत नेकपा एकीकृत समाजवादी पार्टीको पक्षमा पठाएका हुन् ।

दूतावासका कर्मचारीको समन्वयमा नेता खनालले सनाखत गरी आयोगलाई पठाएका हुन् ।

यसअघि आयोगले नयाँ दल दर्ताका लागि निवेदन दिएका सदस्यहरु सनाखतका लागि सशरीर आयोग उपस्थित हुनुपर्ने बताएको थियो । तर नेता खनाल लामो समयदेखि भारतमा उपचाररत भएकाले उपस्थित हुन सकेका थिएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?