काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नी सापकोटामाथि दोहोरो भूमिका खेलेको आरोप लगाएको छ ।
एमालेले पार्टीले कारबाही गरेका १४ सांसदमाथिको कारबाही रोकेर सभामुखले एमाले विभाजनमा भूमिका खेलेको आरोप लगाए ।
विगतमा भएका कारबाही बिर्सेर सभामुखले दोहोरो मापदण्ड देखाएको एमालेको आरोप छ ।
मंगलवार बसेको एमाले स्थायी कमिटी बैठकले पारित गरेको प्रस्तावमा निश्चित पार्टीको विभाजनमा सभामुख सहभागी हुनु दुःखको विषय भएको बताएका हुन् ।
तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव प्रदीप ज्ञवालीले सभामुखको दोहोरो मापदण्डप्रति एमालेको विरोध रहेको बताएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया