पार्टी कार्यालय सानेपामा कांग्रेस जिल्ला सभापतिहरुको रिले अनसन सुरु

लोकपथ
252
Shares

काठमाडौं । विभिन्न मागहरुसहित नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आजबाट रिले अनशन सुरु गरेका छन् ।

बुधबार (आज) बिहान ११ बजेबाट पार्टी कार्यालय सानेपामा २४ घण्टे रिले अनसन
सुरु गरेको नेपाली कांग्रेस नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले लोकपथलाई जानकारी दिए ।

नेता केसीसँगै अन्य २ जिल्लाका पार्टी सभापतिहरु समेत अनसन बसेका छन् ।

रिले अनसनमा जगदिश्वर नरसिंह केसी (नुवाकोट(, मधु आचार्य (काभ्रे) र रमेश धमला (धादिङ) लगायत जिल्ला सभापतिहरु अनसन बसेका छन् भने अन्य जिल्ला सभापतिहरुले रिले अनसनलाई ऐक्यबद्धता जनाएका छन् ।

यसअघि मंगलबार विभिन्न आफ्ना तीन मागहरुसहित जिल्ला सभापतिहरुले पार्टी कार्यालयमा धर्ना दिएका थिए । धर्नाबाट नेतृत्वले आफूहरुको जायज माग सुन्ने छाँटकाँट नदेखाएको भन्दै आफूहरुले रिले अनसन बस्न बाध्य भएको नेता केसीको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?