काठमाडौं । माधवकुमार नेपालको अध्यक्षतामा दर्ता भएको नयाँ दल नेकपा(एकीकृत समाजवादी) को आज सनाखत हुँदैछ ।
नयाँ दल सनाखतका लागि निर्वाचन आयोगले बिहान ११ः३० बजेदेखि २ बजेसम्म सनाखतका लागि आयोग उपस्थित हुन भनेको छ । सोही अनुसार दुई दिनसम्म चन्द्रागिरी हिल्स रिसोर्टमा छलफलमा रहेका नेपाल पक्षको नेताहरु निर्वाचन आयोग हिँडेका छन् ।
चन्द्रागिरिबाट केहीबेरअघि हिँडेको र आजै निर्वाचन आयोगमा नयाँ दलको मान्यता पाउने आशासहित त्यसतर्फ लागेको एक नेताले बताएका छन् ।
गत सोमबारदेखि नै चन्द्रागिरीमा पार्टीको केन्द्रीय कमिटी बैठक चलेको थियो । बैठकले पार्टीको विधान तथा नियमावलीसमेत पारित गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेता नेपालले नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । सोहीअनुसार आज नै आयोगमा सनाखतका लागि नेता नेपालसहितका नेताहरु जान लागेका हुन् ।
त्यसैगरी महन्ठ ठाकुरको नेतृत्वमा दर्ता भएको लोकतान्त्रिक समाजवादीको दल दर्ताका लागि आजका लागि बोलाइएको छ । महन्थ पक्ष पनि आजै निर्वाचन आयोग जाने तयारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया