काठमाडौं । काठमाडौंको बूढानिलकण्ठसहित देशका विभिन्न स्थानमा ३ जना मृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-६ स्थित सडकमा सोही ठाउँ बस्ने कास्की पोखरा महानगरपालिका घर भएका ३२ वर्षीया मिना पाडें सोमबार मृत अवस्थामा फेला परेकी छन् ।
ललितपुर, ललितपुर महानगरपालिका-१६ मंगलबजार डेरा गरी बस्ने गोदावरी नगरपालिका-१६ घर भएका ५० वर्षीय मंगलदास महर्जन आफ्नै कोठामा सोमबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी काभ्रेपलाञ्चोक, मण्डनदेउपुर नगरपालिका-९ रायवारीस्थित ईन्द्रावती नदीको किनारामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका(१३ फटकसिला बस्ने ४८ वर्षीया पदम कुमारी डोटेल सोमबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् ।
घटनाको सन्दर्भमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया