अस्पतालबाट झलनाथको सम्बोधन : ओलीसँग मिल्न जानेको आलोचना

लोकपथ
1.1k
Shares

काठमाडौं । भारतमा स्वास्थ्य उपचार गरिरहेका पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एकीकृत समाजवादी) पार्टीको बैठकलाई सम्बोधन गरेका छन् ।

खनालले अस्पतालबाटै टेलिफोनमार्फत प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गरेका छन् ।

सो पार्टीको बैठक सोमबारदेखि काठमाडौंको चन्द्रागिरिमा बसिरहेको छ । सम्बोधनमा क्रममा खनालले एमाले अध्यक्ष केपी शर्मा ओली ओली र माधवकुमार नेपाल समूहलाई छाडेर एमालेमै फर्किएका दोस्रो तहका नेताहरुको चर्को आलोचना गरेका छन् ।

नेता खनालले मध्यपन्थका भनिएका नेताहरु अवसरवादी भएका आरोप समेत लगाएका छन् । ओलीसँग असन्तुष्ट रहेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, तथा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजीपन्त लगायत नेताहरु मंगलवार ओलीले बोलाएको एमाले स्थायी कमिटी बैठकमा सहभागी भएका थिए । उनीहरुले अन्तिममा खनाल र नेपालसँग अलग्गिएका हुन् । यसअघि उनीहरु खनाल र नेपालसँगै थिए । संवोधनमा खनालले स्थायी कमिटीका धेरै सदस्यलाई मध्यपन्थले अल्झाएको बताए ।

खनालले केन्द्रमा देखिएको मध्यपन्थ करिव करिव अन्त्य भएको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?