१. ११ हजार ३२६ परीक्षणमा थप १ हजार ८०१ जनामा कोरोना संक्रमण पुष्टि, १ हजार ९२४ जना संक्रमणमुक्त, २४ जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३८ हजार ३५१ जना
२. लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले पाए विश्वासको मत, एक जना सांसद तटस्थ बसे विपक्षी अनुपस्थित
३. सभामुखविरुद्ध धम्कीपूर्ण अभिव्यक्ति दिनु संसदीय मर्यादाविपरीत भन्दै सत्ता पक्षका सांसदहरूको आपत्ति, संवैधानिक मर्यादा अवलम्बन गर्न समेत विपक्षी दलका नेता ओलीलाई आग्रह
४. राष्ट्रपति भण्डारी र नेता नेपालबीच २ घण्टा वार्ता, नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेपाललाई ओलीसँग मिल्न भण्डारीले अनुरोध गरेको दाबी, माधव नेपालसहितका नेताहरू चन्द्रागिरी रिसोर्टमा
५. नेकपा एमाले अध्यक्ष ओली विघटित पार्टी एकता कार्यदलले तय गरेको १० बुँदे सहमति कार्यान्वयन गर्न सहमत, एमालेले बोलायो स्थायी कमिटी बैठक
६. झापाको कनकाई नगरपालिका १ मा नाबालिकासहित एकै परिवारका तीन जना झुण्डिएको अवस्थामा फेला, आर्थिक लेनदेनको तनावका कारण आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान, अनुसन्धान हुँदै
७. जापानबाट ५ लाख ५९ हजार मात्रा खोप नेपाल आइपुग्यो, चीनबाट अनुदानमा थप १६ लाख मात्रा भेरोसेल खोप समेत चाँडै आउने मन्त्रालयको भनाइ
८. महाधिवेशन नजिकिएसँगै संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार बनाउन छलफल तीव्र भइरहेको कांग्रेस नेताहरूको भनाइ, साझा उम्मेदवार खडा गर्न छलफल जारी
९. एक साता मनसुन सक्रिय रहने यी स्थानमा भारी वर्षाको सम्भावना, मनसुनी वायु सक्रिय रहेका कारण राति र बिहानको समयमा वर्षा हुने मौसमविद्को भनाइ, प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
१०. गएको साउन महिनामा मानव अधिकार उल्लङ्घनका १४२ घटना, सबैभन्दा धेरै प्रदेश नं १ मा २५, श्रीमती हत्याका मात्रै नौ घटना बाहिरिए
११. रौतहटमा पत्रकारले पत्रकारलाई नै लागुऔषध मुद्दामा फसाउन खोजेको प्रहरीको निष्कर्ष घटनामा संलग्न दुई प्रहरीलाई पक्राउ गरी जिम्मेवारीबाट हटाइए
१२. अफगानिस्तानबाट थप ५०४ नेपाली स्वदेश फर्किए, अनलाइन पोर्टल भाइबर, ह्वाट्सएपमा आफ्नो विवरण उपलब्ध गराउन अफगानिस्तानमा रहेका नेपालीलाई परराष्ट्रको आग्रह
१३. काबुल विमानस्थल वरपरको अस्तव्यस्तताका कारण ७ व्यक्तिको मृत्यु, काबुल विमानस्थल र वरपरको अवस्था अत्यन्तैै चुनौतीपूर्ण रहेको रक्षामन्त्रीको भनाइ
१४. इन्डोनेसियाका पूर्वमन्त्रीलाई १२ वर्ष जेल सजायको फैसला, कोरोना भाइरसको महामारीका बेलामा गरिब परिवारका बालबालिकालाई पोषणयुक्त खाना उपलब्ध गराउने कार्यक्रममा अनियमितता गरेको ठहर गर्दै जेल सजाय तोकियो
१५.नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक, देशव्यापी खुला प्रतिस्पर्धाबाट छनोट गरिएको जर्सी नेपालले आगामी ओमान भ्रमणमा लगाउने
https://www.facebook.com/1752800585030918/videos/4131369760294068
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया