आफुनिकट नेताहरुलाई सनाखतका लागि तयार गर्दै माधव नेपाल

लोकपथ
105
Shares

काठमाडौं । नेकपा एमालेबाट अलग भई नयाँ दल दर्ताका लागि आवेदन दिएका माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरी पुगेर आफुनिकट नेताहरुसँग छलफल गरिरहेका छन् ।

स्रोतका अनुसार नेता नेपालले अहिले आफू पक्षका सांसद र केन्द्रीय सदस्यलाई पालैपालो चन्द्रागिरी हिल्स रिसोर्टमा बोलाएर छलफल गरिरहेका छन् ।

निर्वाचन आयोगले नेपाल पक्षका नेताले दर्ता गरेको नयाँ दल नेकमा(एकिकृत समाजवादी)को सनाखत गर्न यही भदौ ९ गते आयोगको कार्यालयमा बोलाएको छ।

आयोगले सनाखतका लागि सबै सांसद र केन्द्रीय सदस्यलाई बोलाएको छ । दल सनाखतका विषयमा छलफल गर्न अहिले नेपाल चन्द्रागिरी हिल्स पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?