राष्ट्रपति र नेता नेपालबीच भेटवार्ता

लोकपथ
273
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

सोमबार शीतल निवासमा मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म वार्ता भएको नेपालनिकट स्रोतले जनाएको छ ।

नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गरेकी हुन् ।

नेता नेपाल निकट स्रोतले राष्ट्रपतिसँग भेट भएको पुष्टि गरे । तर कुराकानीको विषय अहिले खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?