काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र नेपाली क्रिकेटको मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी)ले सोमवार राष्ट्रिय टोलीले आगामी ओमान भ्रमणमा लगाउने जर्सी सार्वजनिक गरेको छ। नेपाली क्रिकेटको नयाँ जर्सी देशव्यापी खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो।

नेपाली टोलीको नयाँ जर्सी आदर्श पोखरेलले डिजाइन गरेका हुन्। क्यान तथा एमएसटीले पहिलो पटक खुल्ला प्रतिस्पर्धाबाट जर्सी डिजाइन छनोट गर्दा पोखरेलले विजेता स्वरूप १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।
क्यानले नयाँ जर्सीको लागि ४ सदस्सीय समिति गठन गरेको थियो। क्यानका केन्द्रीय सदस्य छुम्बी लामासहित महाप्रबन्धक रौनक मल्ल, प्रबन्धक विनोद दास र एमएसटीका एक सदस्य सो समितिमा रहेका थिए।

नेपालले आगामी ओमान भ्रमणमा सो जर्सी लगाएर खेल्ने छ। नेपालले आगामी सेप्टेम्बरमा पपुवा न्युगिनीसँग दुई मैत्रीपूर्ण एकदिवसीय खेल तथा ओमान र अमेरिकासँग आईसीसी विश्वकप लिग २ प्रतियोगिता खेल्दैछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया