पूर्वप्रधानमन्त्री ओली र भाजपा विदेश विभागका प्रमुखबीच भेटवार्ता

लोकपथ
14
Shares

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

चौथाइवाले सोमबार ओलीलाई भेट्न बालकोटस्थित निवास पुगेका थिए । भेटका क्रममा चौथाइवालेले भाजपाले नेपालका राजनीतिक दलहरुसँग सुमधुर सम्बन्ध बनाउन चाहेको बताएका थिए ।

उनले आफ्नो नेपाल भ्रमणको उद्देश्य नै राजनीतिक दलहरुसँग सम्बन्ध सुमधुर बनाउनु रहेको कुरा राखेको बालकोट स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?