काठमाडौं । माहालेखापरीक्षकले घुम्ती कोषको स्वामित्व खुल्ने गरी अभिलेख अद्यावधिक नगरेको ठहर गरेको छ ।
महालेखाले ५८औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै यस्तो ठहर गरेको हो । महालेखाले सो कोषको अनुगमन तथा मूल्यांकन समेत नगरेको जनाएको छ । सो कोषमा अहिले १९ अर्ब रुपैयाँ रहेको छ ।
आयअर्जनका क्रियाकलापका लागि निकासा भएको रकम घुम्ती कोषको रुपमा परिचालन गर्नुपर्ने व्यवस्थाअनुरुप गरिबी निवारण कोषले ३२ हजार २ सय ७३ सामुदायिक संस्थाहरूलाई प्रदान गरेको अनुदान र संस्थाका सदस्यहरुको योगदान समेत घुम्ती कोषमा रहेको छ । जसमा १३ अर्ब ३७ करोड ८७ लाख ८३ हजार रहेको मा बढाएको रकम समेत गरी १९ अर्ब पुगेकोे हो ।
सरकारले सो कोषलाई नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार गरिबी निवारण कोषको पुनर्संरचनाको लागि स्थानीय तहमा हस्तान्तरण गरेको महालेखाले उल्लेख गरेको छ । सो निर्णयअनुसार स्थानीय तहमा हस्तान्तरण गरिएको नामनामेसी र रकमसहितको अभिलेख अद्यावधिक गर्नुका साथै परिचालन सम्बन्धमा अनुगमन तथा मूल्यांकन गर्नुपर्ने महालेखाले औँल्याएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया