साढे १८ करोड बराबरको खानेपानी पाइपलाइनमा क्षति

लोकपथ
168
Shares

काठमाडौं । विभिन्न निर्माणका कार्य सम्पन्न गर्दा खानेपानीका पाइप नोक्सान भएको महालेखापरीक्षकले जनाएको छ ।

महालेखाले १८ करोड ४१ लाख क्षति मूल्यांकन गर्दै सम्बन्धित पदाधिकारीलाई जानकारी गराउन निर्देशन समेत दिएको छ ।

काठमाडौं उपत्यकामा खानेपानी आयोजना कार्यान्वयन र सडक विभागबीच सहमति तथा सम्झौतामा आयोजना कार्यान्वयन निर्देशनालयबाट पाइप बिछ्याइएको सडकमा सडक विभागले ढल निर्माण गर्दा पाइलाइनमा क्षति पुगेको छ । सो क्षतिलाई पुनर्निर्माण गर्न लाग्ने रकम सडक विभागले आयोजना कार्यान्वयन निर्देशनालयलाई उपलब्ध गराउने व्यवस्था छ ।

निर्माणकार्य गर्दा सावधानी अपनाउन नसक्दा ठेक्काको साइटमा पाइप बिछ्याउने काम सम्पन्न गरेपछि विभन्न निकायले सडक मर्मत तथा सुधार गर्ने क्रममा पाइपहरू नेक्सान भएको महालेखाले उल्लेख गरेको छ । निर्देशनालयले यसरी नोक्सानी भएको पाइपको मूल्य, बिछ्याउने, पुर्ने र जडान खर्च समेत जोड्दा १८ करोड ४१ लख रुपैयाँ क्षति भएको उल्लेख गरेको हो ।

त्यस्तै, सार्वजनिक लेखा समितिले सडक, खानेपानी, सिँचाइ, विद्युत्, सञ्चारलगायत पूर्वाधार विकास गर्दा अन्तरनिकाय समन्वयमा क्षति नहुने गरी कार्य गराउन निर्देशन दिएको छ । जसमा पाँच निकायले बाटो विस्तार गर्ने क्रममा काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको एक करोड ३९ लाख ७४ हजार मूल्य, ९ हजार १९५ मिटर पाइप क्षति भएको महालेखाले उल्लेख गरेको छ ।

अन्तर निकाय समन्वय गरी निर्माणकार्य गर्न र क्षति भएको रकम भराउन व्यवस्था र भविष्यमा कार्य गर्दा सावधानी पु¥याई स्रोत र साधानमा मितव्ययिता अपनाउनुपर्नेमा महलेखाको जोड छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?