काठमाडौं । माधवकुमार नेपालले एमाले छाडेर नयाँ दल दर्ताको प्रक्रिया थालेसँगै देशभर एमाले कार्यकर्ताहरुले आ-आफ्नो कित्ता क्लियर गरिरहेका छन् ।
सोही क्रममा बझाङका एमाले नेता कार्यकर्ताहरु नेकपा एकीकृत समाजवादी पार्टीको संगठन निर्माणमा सक्रियता देखाएका छन् ।
नेकपा एमाले टुटफुटको संकेत देखापरे पछि बझाङका अधिकांश नेता तथा युवाहरू माधव प्यानल अर्थात नेकपा एकीकृत समाजवाद तिर खुलेर लागेका छन् ।
अनेरास्ववियु पुर्व केन्द्रीय सदस्य समेत रहेका सेती अञ्चल पुर्व इन्चार्ज लक्ष्मी राज जोशीले अबको आफ्नो यात्रा समाजवादतिर भन्दै माधव नेपालतिर लाग्ने स्पष्ट पारेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै अबको यात्रा समाजवाद अर्थात नेता नेपाल पक्षमा भएको बताए । ‘अबको यात्रा समाजवादतिर’। उनले भनेका छन् ।
पुर्वप्रधानमन्त्री समेत रहेक पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुई दुई पटक संसद विघटन गरेको साथै देशभरका कार्यकर्ताहरुको भावनामाथि खेलबाड गरेको उनको आरोप रहेको छ ।
उनले अबका जनता सुर्य र नेकपा एमालेका पछाडी नभएको भन्दै न्याय र समानताका पछाडी रहेको बताउँदै अन्य दलका नेता कार्यकर्ताहरुलाई त्यसतर्फ लाग्न आह्वान गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया