काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले निर्वाचन आयोगमा दल दर्ता हुने वित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।
नेता चौंधरीले पाँच दिन भित्र माधव नेपाललाई साथ छाडेका भनिएका नेताहरु पनि आफूहरुकै पार्टीमा आउने दाबी समेत गरे ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले भने, ‘म भन्न चाहन्छु–पाँच दिन भित्र सबै जना, उहाँहरु नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)मा फर्कनुहुन्छ । निर्वाचन आयोगले ९ गते सनाखतका लागि बोलाएको छ । त्यसपछि दल दर्ताको प्रमाण पत्र प्राप्त हुन्छ । हामी सरकारमा जाने ढोका खुल्छ ।’
नेता चौधरीले नेकपा एमालेले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने निष्कर्षमा पुगेपछि आफूहरुले नयाँ पार्टी स्थापना गर्नु परेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया