दाइजो दिनुपर्ने भन्दै आमा–बुबाद्वारा छोरीको हत्या

लोकपथ
168
Shares

भारत । विवाह गर्दा दाइजो दिनुपर्ने भन्दै आफ्नै छोरीको हत्या भएको घटना सार्वजनिक भएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार भारतको विहारस्थित भोजपुर जिल्लामा बुबा र सौतेनी आमा मिलेर १६ वर्षीया छोरी दिव्या कुमारीको हत्या गरेका हुन्।

उनीहरुले छोरीको हत्या गरेर नहर फालिदिएको भारतीय प्रहरीले जनाएको छ। अनुसन्धान गर्दै जाँदा दाइजो दिने अवस्था नभएकोले हत्या गरिएको खुलेको छ।

मृतक दिव्याका मामाले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका छन्। प्रहरीले उनको सौतेली आमालाई पक्राउ गरेको छ। बुबा भने फरार रहेको प्रहरी जनाएको छ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?