सत्ता सञ्चालन गर्न नयाँ शासकीय ढाँचा ल्याउँदै तालिबान

लोकपथ
511
Shares

काबुल । अफगानिस्तानमा सत्ता कब्जा गरेको विद्रोही समूह तालिबान नयाँ शासकीय ढाँचा निर्माणमा जुटेको छ । केही साताभित्र नयाँ सरकारको ढाँचा सार्वजनिक गरिने तालिबानले जनाएको छ ।

‘तालिबानले आगामी केही हप्तामा अफगानिस्तानको लागि नयाँ शासकीय ढाँचाको अनावरण गर्ने लक्ष्य राखेको छ,’ इस्लामवादी आन्दोलनका एक प्रवक्ताले शनिवार रोयटर्ससँग भने ।

तालिबानका कानुनी, धार्मिक र विदेश नीति विशेषज्ञहरुले आगामी केही सातामा नयाँ शासकीय ढाँचा प्रस्तुत गर्ने लक्ष्य लिएको ती प्रवक्ताको भनाइ छ ।

अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेको छ । बहालवाला राष्ट्रपति अशरफ घानी देश छोडेर यूएईको शरणमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?