काठमाडौं । देशका विभिन्न स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन् ।
सर्लाही, बरहथवा नगरपालिका-४ टोकारटोल बस्ने ५८ वर्षीय हृदय नारायण यादब घर नजिकै धानबारीको कुलोमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी कास्की, पोखरा महानगरपालिका-७ मितेरी मार्ग बस्ने ६६ वर्षीया टोपली उपाध्याय आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया