हेर्नुहोस् आजको टप १५ हेडलाइन्स्(भिडियोसहित)

लोकपथ
126
Shares

१. देशभर गरिएको १६ हजार ४ सय ३८ परीक्षणमा थप ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि, २ हजार १२६ जना संक्रमणमुक्त, ३३ जनाको मृत्यु

२. राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट दायर, सोही अध्यादेशअनुसार नेकपा एमाले र जसपा नेपाल विभाजनको प्रक्रियामा

३. बालुवाटारमा प्रधानमन्त्री देउवासँग प्रचण्ड र नेपालको भेट, वर्तमान राजनीतिक घटनाक्रम र मन्त्रीमण्डल गठनका विषयमा छलफल

४. एमाले फुटेको नभएर केही मानिस अलग भएका कारण एकाध ठाउँमा असर गरे पनि अपूरणीय क्षति नहुने एमाले अध्यक्ष ओलीको दाबी, नेता नेपालले एमाले कमजोर पार्नेबाहेक केही काम नगरेको आरोप

५. माधव नेपालको नवगठित पार्टी सनाखत हुनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ, पार्टी विभाजनसम्बन्धी अध्यादेशले लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्ने दाबी

६. माधव नेपाल पक्षका १४ जना सांसदलाई कारबाही गर्न नेकपा एमालेद्वारा सभामुख सापकोटाको ध्यानाकर्षण, सभामुखले तत्काल कारबाही गर्छु भन्ने आश्वासन दिएको नेताहरुको प्रतिक्रिया

७. प्रस्तावित नेकपा एमाले समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको सुरक्षा बढाइयो, सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै एउटा गाडीसहित पाँच जना सुरक्षाकर्मी थप

८. बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले गरिन् तीन सदस्यीय मन्त्रिपरिषद् गठन, आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डेलाई प्रवक्ताको जिम्मेवारी

९. नेपाली कांग्रेसका जिल्ला सभापतिहरुद्वारा क्रियाशील सदस्यता विवादलगायतका विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण, क्रियाशील सदस्यता अद्यावधिक नभएको भन्दै आपत्ति

१०. कोरोना संक्रमणबाट राजधानी न्यूज पब्लिकेसनका अध्यक्ष एवं संविधानसभा सदस्य महेन्द्र शेरचनको ६७ वर्षको उमेरमा निधन, पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्तिम संस्कार

११. सवारी चालक अनुमतिपत्रका लागि हुने परीक्षामा एक तिहाइभन्दा कम मात्रै पास हुन थालेपछि खुकुलो बनाइयो नियम, वेबसाइटमा राखिएका ५ सय प्रश्नबाट २५ वटा प्रश्न निकालिने जानकारी

१२. देशभर केही दिनदेखि भाइरल ज्वरोका बिरामीको संख्या थपिँदै, कोरोनाको सक्रिय संक्रमित बढ्दै जाँदा भरिन थाले देशभरका अस्पताल

१३. मलेसियामा नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न आह्वान, देशका राजनीतिक दलहरुलाई मिलेर काम गर्न मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहको भनाइ

१४. आगामी अक्टोबर १ बाट माल्दिभ्समा आयोजना हुन लागेको साफ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा नेपालले माल्दिभ्ससँग भिड्ने, श्रीलंकाविरुद्धको खेल अक्टोबर ३ मा

१५. बक्सिङ प्रतियोगिताका लागि ६ खेलाडीसहित १२ जना नेपाली टोली यूएईतर्फ, प्रतियोगिता असोज १५ गतेसम्म हुने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?