कांग्रेस सभापति उम्मेदवार मनोनयन दर्ताका लागि ३० हजार शुल्क

लोकपथ
35
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी महाधिवेशनको लागि पदअनुसारको उम्मेदवारी शुल्क प्रस्ताव गरिएको छ । आज बूढानिलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकले पदअनुसारको उम्मेदवारी शुल्क गरेको हो ।

स्रोतका अनुसार समितिका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले बैठकमा पेस गरेको प्रतिवेदनमा सभापति पदका लागि उमेदवारी शुल्क ३० हजार प्रस्ताव गरिएको छ भने उपसभापतिका लागि २५ हजार रुपैयाँ शुल्क प्रस्ताव गरिएको छ।

यस्तै, महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्री २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने प्रस्ताव समितिको प्रतिवेदनमा उल्लेख छ। केन्द्रीय समितिको बैठकमा यस्तो प्रस्ताव गरिएको हो ।

यसअघि १३औं महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी शुल्क २० हजार र अन्य पदका लागि १० हजार रुपैयाँ राखिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?