काठमाडौं । लुम्बिनीका नव नियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले पद तथा गोपनियताको सपथ लिएका छन् ।
मुख्यमन्त्रीका लागि केसीको मात्रै दाबी परेपछि उनलाई प्रदेशप्रमुख अमिक शेरचनले आजै मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री केसीले प्रदेशप्रमुख शेरचनबाट पद तथा गोपनियताको सपथ लिएका हुन्।
नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता केसी नेपाली कांग्रेस,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । केसीलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनाइएको हो ।
मुख्यमन्त्री केसी रोल्पाको निर्वाचन क्षेत्र १ को ’क’ बाट २०७४ मा लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री बनेका शंकर पोखरेलको हिजो राजीनामा दिएसँगै केसीले मुख्यमन्त्री बन्ने मौका पाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया