लुम्बिनी प्रदेश सभाको विशेष अधिवेशन बस्दै, के के छन् कार्यसूची ?

लोकपथ
42
Shares

काठमाडौं । बुधबार तय भएको लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशनको कार्यसूची तय भएको छ ।

जसअनुसार अहिले केहीबेरपछि अर्थात दिउँसो १ बजे बस्ने बैठकमा सुरुमा सभामुखले प्रदेश प्रमुखबाट प्रेषित विशेष अधिवेशन आह्वानसम्बन्धी पत्र बढेर सुनाउनेछन् ।

त्यसपछि जनता समाजवादी पार्टीका सदस्यहरुमाथि भएको कारबाही बारे सभालाई जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यसपछि मुल विषय अविश्वासको प्रस्तावमाथि छलफल प्रक्रिया अघि बढ्नेछ ।

बैठकमा अविश्वास प्रस्तावमाथिको प्रस्तावकमध्येका एक सांसद वीरेन्द्र कुमार कानौडियाले वक्तव्यसहित सभामा अविश्वास प्रस्ताव पेश गर्नेछन् भने सोमाथि छलफल भइ मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिनेछन् ।

त्यसपछि सभामुखले अविश्वासको प्रस्ताव फिर्ता लिन चाहेमा समय दिनेछन् भने फिर्ता लिन नमानेमा मत विभाजनद्वारा निणर्याथ मतविभाजनको परिणाम घोषणा हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?