काठमाडौं । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् ।
उनले जसपाले आफ्ना मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेकाले मन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । उनी रुपन्देही क्षेत्र नं. ३(१) बाट निर्वाचित सांसद हुन् ।
वैशाखमा मन्त्री बनेका पाण्डेसहित विजय यादव र कल्पना पाण्डेयलाई जसपाले सरकारबाट फिर्ता हुन निर्देशन दिएको थियो । उनीहरु सरकारबाट फिर्ता नभएपछि पार्टीले कारबाही गरेको थियो । पार्टीले गरेको कारबाहीविरुद्ध सर्वोच्च अदालत गएको भएपनि अदालतले अन्तरिम आदेश दिएन ।
३ जना प्रदेश सभा सदस्यलाई कारबाही गरेको जसपाको अब लुम्बिनी प्रदेशमा ३ जना प्रदेशसभा सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया