‘गठबन्धन सरकार मिलिजुली खानका लागि बनेको हो’

लोकपथ
140
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं विपक्षी दलका नेता केपी शर्मा ओलीले गठबन्धनको सरकारलाई मिलिजुली खानका लागि बनेको आरोप लगाएका छन् ।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले बर्तमान सरकार देश र जनताको लागि नभइ मिलिजुली खानको लागि बनेको आरोप लगाए ।

‘यो गठबन्धन देश र जनताको लागि होइन मिलिजुली खानका लागि हो ।’ ओलीले भने ।

त्यसैगरी आफूले वर्तमान सरकारलाई गरेका आलोचना पूरा हुन नदिन पनि आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?