सांसद तामाङको प्रश्न : ‘मेलम्चीवासी रोहिरहेका छन् सरकार खै ?’

लोकपथ
156
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य शेरबहादुर तामाङले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढीपीडितको समस्याको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले मेलम्ची रोहिरहे पनि सरकार त्यहाँ पुग्न नसकेको आरोप लगाएका छन् ।

मेलम्ची हेलम्बु रोहिरहेको छ । आज बाढीले त्यहाँ संकट पुगेको छ । र सरकार पुगेको छैन । उनले भने ।

त्यसैगरी आफूहरु हुँदाखेरी तत्काल राहत र प्याकेजका कार्यक्रमहरु लगेको बताउँदै हालसम्म एक गेडा चामल पनि त्यहाँ नपुगेको दाबी गरे । साथै गैरजनप्रतिनिधिहरु त्यहाँ पुगेर सबै गर्छु भन्दै हिडेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘र विगतमा हामी हुँदाखेरि तत्काल हामीले त्यहाँ राहतका प्याकेजहरु सञ्चालन गरेका थियौँ । राहतको नाममा नाममा एक गेडा चामल र एउटा टेन्टपनि त्यहाँ पुगेको छैन । र सरकारी हेलिकप्टर बोकेर एकजना गैर जनप्रतिनिधि गएर यो पनि त्यो पनि म बनाउँछु भन्दै हिँडेको पनि देखियो ।’ उनले भने ।

त्यसैगरी मेलम्ची र हेलम्बु क्षेत्रलाई तत्काल संकटग्रस्त क्षेत्र घोषणा गरी राहतको व्यवस्था गर्न माग गरे ।

‘छिटोभन्दा छिटो मेलम्ची क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरियोस् ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?