काठमाडौं । बार्सिलोनाको अन्तिम बिदाइमा लियोनल मेस्सी रोएका छन् । आइतबार बार्सिलोनाले कप्तान मेस्सीको बिदाईको पत्रकार सम्मेलन आयोजना गरेको थियो ।
बिदाईमा बोल्दै मेस्सीले आफुले क्लब छाड्न नचाहेको बताए । ‘मैले यो पलको आशा गरेको थिइन, सत्य हो की गत वर्ष म क्लब छाड्न चाहन्थे, तर यस वर्ष म बस्न चाहन्छु । त्यसैले म दुखी छु ।’
मेस्सी अब फ्री ट्रान्सफरमा अन्य क्लब जान सक्नेछन् । मेस्सीले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।
मेस्सीले बार्सिलोनालाई १० वटा ला लिगा उपाधि र ४ वटा च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया