काठमाडौं । पछिल्लो तथ्याङकले लागुऔषध ओसारपसार र प्रयोगकर्ताको संख्या बढेको देखिएको छ।
लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा यसको कारोबारमा संलग्न अपराधीहरु पक्राउ पर्ने क्रम पनि उल्लेख्य रुपमा बढेको प्रहरीको तथ्यंकले देखाएको छ।
आर्थिक वर्ष २०७५/०७६ देखि २०७७/०७८ सम्मको ३ अवधिमा यसमा संलग्न विदेशीसहित १३ हजार बढी पक्राउ परेका छन्।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार नेपालभरि तीन वर्षको अवधिमा १३ हजार २ सय २३ जना लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न ब्यक्ति पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०७५/०७६ मा ५ हजार ५ सय ५८ जना, आव २०७६/७७ मा ३ हजार ३९ जना र आर्थिक वर्ष २०७७/०७८ मा ४ हजार ६ सय २६ जना गरी १३ हजार २ सय २३ लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न ब्यक्ति पक्राउ परेका हुन् ।
आर्थिक वर्ष २०७६/०७७ भन्दा गत आवमा ५२.२२ प्रतिशतले लागुऔषध प्रयोगकर्ता तथा ओसारपसारको घटना बढेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०७५/०७६ मा लागुऔषधका ३ हजार ७ सय २ वटा मुद्दा दर्ता भएको छ । त्यस्तै आव २०७६/७७ मा २ हजार ८ सय ८५ र आव २०७७/७८ मा ३ हजार १३ वटा लागुऔषधका मुद्दा दर्ता भएको विवरण प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी प्रकाउ पर्नेमा भारतीय, क्यानेडियन, फ्रान्सेली र चिन लगायत देशका नागरिक रहे पनि भारतीयको संख्य धेरै रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ।
त्यस्तै ३ वर्षको यो अवधिमा गाँजा २२ हजार ९ सय २९ किलोग्राम , चरेस ३ हजार ७ सय १५ किलोग्राम, हेरोइन २७ किलोग्राम, १५.७ किलो ग्राम कोकिन र अफिम ३ सय ११ किलोग्राम लगायतका लागुऔषध बरामद गरिएको छ ।
भारतसँग खुला सीमाका कारण अन्तराष्ट्रिय लागुऔषध तस्करले नेपाललाई तस्करीका लागि ‘ट्रान्जिट’को रुपमा प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पेरु, ब्राजिल, लगायतका ल्याटिन अमेरिकी महादेशका अधिकांस राष्ट्रबाट नेपालमा कोकिन र हेरोइन आउने गरेको अनुसन्धानको क्रममा फेला पारिएको प्रहरी प्रधान कार्यालयको वार्षिकी प्रतिवेदनमा उल्लेख छ ।
नेपालको सन्दर्भमा गाँजा, चरेस जस्ता पदार्थ तथा नरफिन, फेनारगन, डाइजापाम, बुफ्रिनोफाइनजस्ता औषधिजन्य लागुऔषधको प्रयोग बढी हुने गरेको प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरले जानकारी दिए
खुला सीमाकै कारण तराईका अधिकांस जिल्लामा लागुऔषध प्रयोग कर्ता र कारोबारीको संख्या ह्वत्तै बढेको समेत प्रहरीको तथ्यांकले देखाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया