मौद्रिक नीति निर्माणकै क्रममा रहेको छ : प्रवक्ता ढकाल

लोकपथ
56
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताए।

पूर्व गर्भनरहरुसँग छलफल गर्न बाँकी नै रहेको उनले बताए ।

उनले भने,”आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ । एक दुईवटा सरोकारवाला खासगरी पूर्व गर्भनरज्यूहरुसँग सुझाव संकलन गर्ने काम बाँकी छ । र सो सुझाव संकलनको आधारमा हामी मौद्रीक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ ।”

सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकार समेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने सबैको लागि चासोको विषय बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?