काठमाडौं । बलिउड अभिनेत्री अनुस्का शर्माले उनको श्रीमान भारतीय क्रिकेटर विराटसँगको तस्वीर अपलोड गरेकी छिन् ।

अनुस्काले शनिवार लन्डनको एक सुन्दर गल्लीको तस्वीर अपलोड गर्दै उक्त फोटो फ्यानको लागि अपलोड गरेको बताएकी छिन् ।

उनले लेखेकी छिन् – “हामी हिडिरहेका थियौं, एक जना फ्यानले हामीलाई देख्नु भयो र तस्वीर खिच्नुभयो । तस्वीर खिचेपछि निकै खुशी देखिनुहुन्थ्यो । उनी उहाँकै खुशी सबैजनासँग बाढ्न मैले तस्वीर अपलोड गरेकी हुँ ।”
यो समाचार तयार पार्दासम्म उक्त तस्वीरमा २४ लाख बढीले लाइक गरेका छन् भने ७ हजार ६ सय बढीले कमेन्ट गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया